Kathmandu Press

माल्दिभ्समा एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

काठमाडौं, फागुन १७ : माल्दिभ्समा आइतबारसम्म एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले देशको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत...
माल्दिभ्समा एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

काठमाडौं, फागुन १७ : माल्दिभ्समा आइतबारसम्म एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले देशको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गरी जानकारी गराएका छन् ।

एचपीएले आफ्नो आधिकारिक ट्वीटरमा भनेको छ, “कोभिडविरूद्धको खोप अभियानलाई सफल पार्न सरकारलाई सहयोग गर्ने सर्वसाधारण, स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायत सम्पूर्ण व्यक्तिलाई सरकार धन्यवाद दिन चाहन्छ ।” 

Hardik ivf

एचपीएको तथ्याङकअनुसार ग्रेटर माले भनी चिनिने राजधानी र वरपरका क्षेत्रहरूका ७२ हजार ८७२ व्यक्तिसहित कूल एक लाख पाँच हजार ४९२ जनाले आइतबारसम्ममा खोप सेवा लिइसकेका छन् । करिब ५६ लाख जनसङ्ख्या रहेको माल्दिभ्समा यही फेब्रअरी १ देखि खोप अभियान थालिएको थियो भने माल्दिभ्सले झण्डै ११ लाख खोप खरिद प्रक्रियालाई अघि बढाएको छ भने आगामी केही महिनाभित्र सम्पूर्ण जनसङ्ख्यालाई खोप सेवा उपलब्ध गराउने सरकारी अधिकारीले बताएका छन् ।

यस एशियाली मुलुकमा अब्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको प्रविधि र भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपलाई प्रयोगमा ल्याइएको छ । माल्दिभ्सले २५ वर्षभन्दामाथि वा अति जोखिमको तहमा रहेका १८–२५ वर्ष उमेर समूहका गैर–नागरिक र कागजात नभएका आप्रबासीका लागि पनि खोपलाई निःशुल्क प्रदान गर्ने बताएको छ ।

एचपीएका अनुसार शनिबारसम्म माल्दिभ्समा १९ हजार ५९७ जनालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र यसमध्ये १७ हजार १३२ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् । यहाँ कूल ६१ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । 

प्रकाशित मिति: ०७:१२ बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्