Kathmandu Press

राजीनामा दिन्न, अविश्वास प्रस्ताव पारित गरेर देखाउनोस् : प्रधानमन्त्री 

राजीनामा दिन्न, अविश्वास प्रस्ताव पारित गरेर देखाउनोस् : प्रधानमन्त्री 

काठमाडौं, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा दिएको अन्तर्वातामा आफूले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिनने उनको दाबी रहेको छ । ओलीले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’

राजीनामा पत्र कोटकै खल्तीमा छ भन्ने प्रश्नमा ओले भने, राजीनामा पत्र म लेख्दिनँ। मैले लेख्नुपर्ने अवस्था छैन। त्यसो भएपछि मैले अरु बाटो समाउन सक्छु। हराउन सक्नुपरो। मलाई हटाउने संसदीय बाटो छ, कानुनी बाटो छ।

आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताए । अहिले पनि आफू संसदमा ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती समेत दिए ।

प्रकाशित मिति: ०६:५० बजे, सोमबार, फागुन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्