Kathmandu Press

बैतडीमा मृत भेटियो चितुवा

बैतडी, फागुन १६ : बैतडीमा आइतबार एक चितुवा मृत अवस्थामा फेला परेको छ।सुर्नया गाउँपालिका–३ बगजेवलामा चितुवा मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।...
बैतडीमा मृत भेटियो चितुवा

बैतडी, फागुन १६ : बैतडीमा आइतबार एक चितुवा मृत अवस्थामा फेला परेको छ।

सुर्नया गाउँपालिका–३ बगजेवलामा चितुवा मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ। चितुवा ६ फिट लम्बाई र २ फिट उचाईको रहेको छ।

डिभिजन वन कार्यालय बैतडीका अधिकृत केशव पराजुलीले चितुवा चार–पाँच दिन अघि मरेको हुन सक्ने बताए। कुनै जनावरसँग लडाई हुदा भिरबाट लडेर मरेको हुन सक्ने उनले अनुमान छ।

चितुवालाई आइतबार नै डिभिजन वन कार्यालय परिसरमै व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति: १८:४० बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्