मेरो अभिव्यक्ति कोमलप्रति लक्षित थिएन : पन्त
काठमाडौं, फागुन १६ : नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे टिप्पणी गरेपछि विवादमा परेका छन् ।शनिबार एक कार्यक्रममा...
काठमाडौं, फागुन १६ : नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे टिप्पणी गरेपछि विवादमा परेका छन् ।
शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेपछि पन्त विवादित बनेका हुन् । भिडियो सार्वजनिक भएपछि राष्ट्रियसभा सदस्य ओलीले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । पन्तको यस्तो अभिव्यक्ति पछि कोमल वली अदालत जाने समेत बताएकी थिइन् ।
विवादपछि पन्तले वलीलाई चोट पुर्याउने आफ्नो आशय नभएको भन्दै कोमल वलीसँग माफी मागेका छन् । उनले आफ्नो अभिव्यक्ति वलीप्रति लक्षित नभएको भन्दै चोट पुगेकोमा म दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











