Kathmandu Press

ओलीले भने- मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाऊ

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतमा संसद् पुनस्थापना गरेझैं प्रधानमन्त्रीको कुर्सीबाट समेत आफूलाई हटाएर देखाउन प्रचण्ड-नेपाल पक्षलाई चुनौती दिएका छन्।झापामा शनिबार...
ओलीले भने- मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देखाऊ

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतमा संसद् पुनस्थापना गरेझैं प्रधानमन्त्रीको कुर्सीबाट समेत आफूलाई हटाएर देखाउन प्रचण्ड-नेपाल पक्षलाई चुनौती दिएका छन्।

गृह जिल्ला झापामा शनिबार आयोजित चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापना कुनै चिन्ताको विषय नभएको प्रतिक्रिया दिए।

यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर जनतामा गएर बहुमत ल्याएको दाबी गर्दै उनले अब पनि आफूहरूले जनतामै गएर दुईतिहाइ ल्याउने जिकिर गरे।

उनले संविधान समयअनुसार परिमार्जन भए पनि लोकतन्त्रलाई तलमाथि गर्न नदिने बताए।

सम्बोधनका क्रममा उनले सरकारले गरेका कामहरूबारे चर्चा गर्दै विरोधीहरूले आफूलाई हटाएर देश विकासलाई नै रोक्न खोजेको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई नेपाली कांग्रेस र जनता समाज पार्टी (जसपा) ले खासै वास्ता नगरेको बताए।

उनले घुमाउरो पाराले नेता प्रचण्ड र नेपाललाई भारतले उचालेको पनि संकेत गरे। 

‘म हटें र अर्को कुन प्रधानमन्त्री भयो भने कुन देशका लागि अनुकूल हुन्छ अरे ?’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालका लागि अनुकूल होइन, नेपालीका लागि अनुकूल होइन!’  

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्