न्याय माग्न अदालत जाँदै कोमल ओली
काठमाडौं, फागुन १६ : राष्ट्रिय सभा सदस्य कोमल वली आफ्नो चरित्र हत्या गरिएको भन्दै न्यायका लागि अदालत जाने भएकी छन्।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली...
काठमाडौं, फागुन १६ : राष्ट्रिय सभा सदस्य कोमल वली आफ्नो चरित्र हत्या गरिएको भन्दै न्याय माग्न अदालत जाने भएकी छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी केन्द्रीय सदस्यसमेत रहेकी उनी आफ्नो विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जान लागेकी हुन्।
दाङमा रहेकी उनले सोमबार काठमाडौं फर्केलगत्तै अदालत जाने बताएकी छन्।
नेता पन्तले एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले केही महिला लागेको उल्लेख गर्दै कोमल वलीले साडी सारेर पिडुँला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको बताएका थिए।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











