Kathmandu Press

सेना प्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति

येरेभान, फागुन १६ : आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन्। सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पासिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन...
सेना प्रमुख हटाउने आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति
आर्मेनियाका राष्ट्रपति अर्मेन सर्गस्यान ।

येरेभान, फागुन १६ : आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन्। 

सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पासिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन्। 

‘देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति सर्गस्यानले हस्ताक्षर गर्न इन्कार गर्नुभएको हो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन्।

सुरक्षा निकायबारे पनि राष्ट्रपतिको विशेष जिम्मेवारी हुने र त्यसलाई नकारात्मक असर पर्न नदिनेतर्फ उभिनु राष्ट्रपतिको दायित्व भएको राष्ट्रपति निकटस्थहरूको भनाइ छ।

प्रधानमन्त्री पासिन्यानले सेनाप्रमुख ओनिक गास्पार्यानसहित केही उच्च सैन्य अधिकारीलाई अघिल्लो हप्ता बर्खास्त गर्न सिफारिस गरेका थिए।

सेनाप्रमुखसहितका वरिष्ठ सैन्य अधिकारीहरुले प्रधानमन्त्री पासिन्यानले राजीनामा दिनुपर्ने माग गर्दै वक्तव्य जारी गरेका थिए । तर प्रधानमन्त्रीले सैनिक नेतृत्वबाट आएको वक्तव्यलाई ‘सैन्य कु’ को संज्ञा दिएका थिए। 

आफूले सेनाप्रमुखलाई बर्खास्त गरेको उहाँले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिए । सेनाले सरकारको अपेक्षा र हितविपरीत गएर काम गरेको र चित्तबुझ्दो भूमिका नभएको उनको भनाइ थियो।

आर्मेनिया र अजरबैजानबीच लामो समयदेखि दुई पक्षीय द्वन्द्व चल्दै आएको छ । त्यसमा पनि सेनाप्रमुखले प्रभावकारी भूमिका खेल्न नसकेको प्रधानमन्त्रीको आरोप छ।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्