Kathmandu Press

सर्वोच्चमा प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं, फागुन १६ : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । ‘प्रचण्ड’ले आइतबार सर्वोच्चमा आफैँ उपस्थित भएर...
सर्वोच्चमा प्रचण्डले दिए लिखित जवाफ
सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्ड ।

काठमाडौं, फागुन १६ : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । ‘प्रचण्ड’ले आइतबार सर्वोच्चमा आफैँ उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् ।

सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन्। 

विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन्।

यस्तो छ पूर्णपाठ

 

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्