Kathmandu Press

जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकामा स्वीकृति

काठमाडौं, फागुन १६ :  कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले आधिकारिक रुपमा स्वीकृति दिएको छ।अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन...
जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकामा स्वीकृति

काठमाडौं, फागुन १६ :  कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले आधिकारिक रुपमा स्वीकृति दिएको छ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो। यो खोप  एक डोज मात्रै लगाए पुग्छ । 

जोन्सन एण्ड जोन्सनको खोप निकै सस्तो हुने अनुमान पनि गरिएको छ। तर अहिलेसम्म खोपको मूल्यबारे भने जानकारी गराइएको छैन।

यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ।

अमेरिका यो खोपलाई स्वीकृति दिने विश्वको पहिलो मुलुक हो। अब फाइजर तथा मोदेर्नाकोसँगै अमेरिकामा तेस्रो खोपलाई पनि प्रयोगको अनुमति मिलेको छ। 

जोन्सन एण्ड जोन्सनले गएको जनवरीमा खोपबारे मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले गरेको परीक्षणमा देखिएको थियो ।

जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो।

प्रकाशित मिति: ११:०५ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्