Kathmandu Press

अश्वमेध यज्ञसँगै सकियो स्वास्थानी व्रत (फोटो फिचर)

हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबार राति अश्वमेध यज्ञ गरी सकिएको छ। ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा ब्रतालुहरुले स्नान गरेका थिए र राति स्वस्थानी कथा सुन्दै जाग्रम बसेका थिए।
अश्वमेध यज्ञसँगै सकियो स्वास्थानी व्रत (फोटो फिचर)

काठमाडौं, फागुन १६ : हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबार राति अश्वमेध यज्ञ गरी सकिएको छ। ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा ब्रतालुहरुले स्नान गरेका थिए र राति स्वस्थानी कथा सुन्दै जाग्रम बसेका थिए।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत सुरु भएको थियो । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम शनिबार रातिबाट अन्त्य भएको छ।

 

 

 

प्रकाशित मिति: ०९:४७ बजे, आइतबार, फागुन १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्