Kathmandu Press

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदैं 

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक पार्क शिलान्यास गर्ने आज गृहजिल्ला झापा जाँदैछन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा...
प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदैं 

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक पार्क शिलान्यास गर्ने आज गृहजिल्ला झापा जाँदैछन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक झापा आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा चीन नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) को शिलान्यास कार्यक्रममा झापा जान लागेका हुन् । एक हजार ६०० हेक्टरमा बन्ने औद्योगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ।

पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ। औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने बताइएको छ।

त्यस्तै‚ दमक १० स्थित नलवारी जोड्ने मावा खोलाको पुल र  सेतुमारीस्थित रतुवा खोलामा निर्माण भएको गौरादहको बालुवथान जोडने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्री ओली झापा जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्