बृहत् नागरिक आन्दोलनले आज काठमाडौं महानगरपालिका घेराउ गर्ने
काठमाडौं, फागुन १६ : बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने निर्णयको विरोधमा बृहत् नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने...
काठमाडौं, फागुन १६ : बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने निर्णयको विरोधमा बृहत् नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।
बिहान ११ बजेलाई घेराउ कार्यक्रम तय गरिएको हो। बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने कामको विरोधमा नागरिक आन्दोलनले आज बिहान ११ बजेलाई घेराउ गर्न लागेका हुन् ।
बालाजुमा अदालतको आदेश उल्लंघन गर्दै जनताको घर भत्काउने कार्य जारी राखिएको र त्यसको विरोध गर्ने केहि अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार समेत गरेको छ ।
गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका छन्।
प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











