पहाडी भेगमा बर्षाको सम्भावना, भोलिदेखि मौसम सुधार हुने
काठमाडौं, फागुन १६ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।हाल देशका पहाडी...
काठमाडौं, फागुन १६ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १ का पहाडी भू भागमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारदेखि भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











