भारतमा २४ घण्टामा १७ हजार ३४६ जना संक्रमित थपिए
काठमाडौं, फागुन १६ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ३४६...
काठमाडौं, फागुन १६ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएको छ ।
यो सँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको हो । भारतमा १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६६ हजार ७८ छ ।
प्रकाशित मिति: ०७:१४ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











