सांसद् खरिद बिक्री हुने सम्भावना बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, फागुन १५ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसदहरुको किनबेच हुनसक्ने सम्भावना बढेको बताएका छन्।नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं...
काठमाडौं, फागुन १५ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसदहरुको किनबेच हुनसक्ने सम्भावना बढेको बताएका छन्।
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिबिहिन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने बताए। ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ,’ मन्त्री ज्ञवालीले भने।
उनले संसद् सांसद खरिदबिक्री गर्ने थलो बन्नसक्ने बताए। उनले भने, 'कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? कतै सांसद् फेरि दलहरूको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन?’
मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको जिकिर गरे। सरकारले पछिल्लो तीन वर्षमा हाँसिल गरेको उच्च आर्थिक वृद्धि गरेको उनको दाबी थियो।











