केपी शर्मा ओली देशकै अक्षम प्रधानमन्त्री : गगन थापा
सिन्धुली, फागुन १५ : कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली देशकै अक्षम प्रधानमन्त्री भएको बताएका छन्।शनिबार सिन्धुलीको तीनपाटनमा आयोजित आमसभालाई सम्बोधन...
सिन्धुली, फागुन १५ : कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली देशकै अक्षम प्रधानमन्त्री भएको बताएका छन्।
शनिबार सिन्धुलीको तीनपाटनमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले बहुमतको सरकार हुँदा पनि काम गर्न नसकेको बताए। 'जनताले ओलीलाई देशकै अक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेका छन्,' थापाले भने।
प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानप्रति इमान्दारिता देखाउन नसकेको उनको भनाइ थियो। नेकपाले जनताको मतको दुरुपयोग गरेको थापाको आरोप थियो।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्रअनुसार अलिकति पनि काम गर्न नसकेको उनले बताए। प्रधानमन्त्री ओलीले जति गल्ति गर्दा पनि लोभ र लालचका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चुप बसेको उनको आरोप थियो।
नेकपाको झगडाले जनताले दुःख खेप्नु परिरहेको उनले बताए। 'नेकपाले जति चाँडो झगडा टुंग्याउछ, त्यति छिटो देशले निकास पाउछ,' उनले भने।











