वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा माग
वीरगन्ज, फागुन १५ : जनता समाजवादी पार्टि (जसपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण...
वीरगन्ज, फागुन १५ : जनता समाजवादी पार्टि (जसपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षवर्धनबीच दिल्लीको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ।
भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुगेका सांसद यादवले वर्तमान संकटपूर्ण घडीमा १० लाख डोज कोरानो खोप सहायतास्वरूप प्रदान गरको भन्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई लाई धन्यवाद व्यक्त गरे। भूकम्प, बाढी, पहिरो र अन्य संकटका बेला नेपाललाई सहयोग गर्दै आएकोप्रति पनि उनले भारत सरकारलाई धन्यवाद दिए।
भारतमा सत्तारुढ भारतीय जनता पार्टीको बिहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य (सांसद) अजय निषादलगायत नेताको उपस्थितिमा भएको सो भेटवार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारक लागि विश्वस्तरमा चिनिएको संस्था ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) हस्पिटल दिल्लीको शाखा नेपालको वीरगन्जमा स्थापना गर्नसमेत सांसद सादवले मन्त्री हर्षवर्धनसँग विशेष माग राखे।
स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिँदै नेपालको तराई तथा भारतीय सीमावर्ती जनताहको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रदेश २ को सरकारसँग सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए ।
उक्त हस्पिटलले हालसालै भारतका विभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ। मिडिया फोर बोर्डर हार्मोनी भारतका संरक्षक रहेका सांसद अजय निषादले वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौ सीमावर्ती जनता दिल्ली धाउनुपर्ने बाध्यता समाप्त हुने विश्वास व्यक्त गरे। सांसद निषादले विशेष पहल गरिदिन मन्त्री हर्षवर्धनलाई सल्लाह दिएका थिए ।
मन्त्री हर्षवर्धनले नेपाली जनताका लागि भारत सरकार र आफूबाट हुन सक्ने सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरे ।











