Kathmandu Press

रुसमा एकैदिन थपिए ११ हजार बढी कोरोना संक्रमित

रुस, फागुन १५ : रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार...
रुसमा एकैदिन थपिए ११ हजार बढी कोरोना संक्रमित

रुस, फागुन १५ : रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ । 

Hardik ivf

योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन् ।नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् ।

मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए । मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् । त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ ।

रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।   

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्