वागमती प्रदेशका ओली समूहका सांसदको सुझाव- राजिनामा नदिने, संसद् फेस गर्ने
नेकपा ओली समूहका वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलका अनुसार भेलामा २७ जना संघीय सांसद सहभागी थिए। बिहान नौ बजेदेखि सुरु भएको भेला साढे १२ बजे टुंगिएको थियो।
काठमाडौं, फागुन १५ : वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा ओली समूहका सांसदहरूले प्रधानमन्त्री केपी ओलीलाई राजिनामा नदिन सुझाव दिएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेलामा सहभागी सांसदले यस्तो सुझाव दिएका हुन्। उनीहरूले संसद् फेस गर्न पनि प्रधानमन्त्रीलाई सुझाएका छन्।
उक्त समूहका वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलका अनुसार भेलामा २७ जना संघीय सांसद सहभागी थिए। बिहान नौ बजेदेखि सुरु भएको भेला साढे १२ बजे टुंगिएको थियो।
‘वर्तमान राजनीतिक परिस्थितिका बारेमा भेलामा छलफल भयो,’ पोखरेलले काठमाडौं प्रेससँग भने, ‘२३ फागुनमा बोलाइएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे योजना बनाइयो।’
अहिले प्रदेश-२ बाट प्रतिनिधित्व गर्ने ओली समूहका सांसदहरूको भेला बालुवाटारमा जारी छ।
प्रकाशित मिति: १५:०६ बजे, शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











