Kathmandu Press

विवाह मण्डपबाटै बेहुला र बेहुलाका बुवा पक्राउ

वीरगञ्ज, फागुन १५ : बालविवाह गरेको आरोपमा पर्साको वीरगन्जस्थित विवाह मण्डपबाटै बेहुला र उनका बुवा पक्राउ परेका छन्।प्रहरीले वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोलमा...
विवाह मण्डपबाटै बेहुला र बेहुलाका बुवा पक्राउ

वीरगञ्ज, फागुन १५ : बालविवाह गरेको आरोपमा पर्साको वीरगन्जस्थित विवाह मण्डपबाटै बेहुला र उनका बुवा पक्राउ परेका छन्।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोलमा बालविवाह भइरहेको खबर पाएपछि वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुबालाई पक्राउ गरेको हो।

बाल विवाह गरेको खबर आएपछि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी ओमप्रकाश खनालले बताए।

उनका अनुसार दुवै जनामाथि थप अनुसन्धानका भइरहेको छ। थप अनुसन्धानका लाागि अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: ०७:३१ बजे, शनिबार, फागुन १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्