जंगलमा लागेको आगो निभाउँदा जलेर बृद्धको मृत्यु
डोटी, फागुन १४ : गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर डोटीको शिखर नगरपालिकाका एक जना बृद्धको मृत्यु भएको छ।जंगलमा लागेको आगो...
डोटी, फागुन १४ : गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर डोटीको शिखर नगरपालिकाका एक जना बृद्धको मृत्यु भएको छ।
जंगलमा लागेको आगो निभाउँदा शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुल गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उनी बिहीबार साँझ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका बिहीबार नै दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।
दुवै खुट्टाको घुँडाको छाला जलेको, टाउँको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले बताए।
प्रकाशित मिति: २१:०३ बजे, शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











