Kathmandu Press

फागुन २३ मा संसद् बैठक बोलाउन सिफारिश

सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ।
फागुन २३ मा संसद् बैठक बोलाउन सिफारिश

काठमाडौं, फागुन १४ : सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभाकाे बैठक बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिश गरेको हो। सर्वाेच्च अदालतकाे आदेशअनुसार प्रतिनिधिसभा बैठक बाेलाउन सिफारिश गर्ने निर्णय गरेकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन्।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकाे थियाे। सरकारकाे निर्णयका आधारमा राष्ट्रपति भण्डारीले त्यही दिन प्रतिनिधिसभा विघटनकाे घाेषणा गरेकी थिइन्।

त्यसविरुद्ध परेका मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे निर्णय बदर गरेको थियो। त्यससँगै १३ दिनभित्र संसद् बैठक बोलाउन पनि सरकारलाई आदेश दिएको थियो।

सर्वोच्चकाे आदेश अनुसार सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिश गरेको हो।

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्