Kathmandu Press

देव गुरुङ हटाइएपछि विशाल भट्टराई प्रमुख सचेतक  

काठमाडौं, फागुन १४ : नेपाल कम्युनिस्ट पाटी (नेकपा) को प्रमुख सचेतकबाट देवप्रसाद गुरुङ हटाइएका छन्।नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओलीले गुरुङलाई प्रमुख...
देव गुरुङ हटाइएपछि विशाल भट्टराई प्रमुख सचेतक  
विशाल भट्टराई

काठमाडौं, फागुन १४ : नेपाल कम्युनिस्ट पाटी (नेकपा) को प्रमुख सचेतकबाट देवप्रसाद गुरुङ हटाइएका छन्।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर उनको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन्।

नेता गुरुङ प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा राजनीतिक रूपमा दुई समूहमा विभाजित भएयता बनेको प्रचण्ड–नेपाल समूहमा अबद्ध छन् । भट्टराई खोटाङका सांसद हुन् । 

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्