Kathmandu Press

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, फागुन १२ : मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाइएको छ।शरीरको देब्रे भागमा समस्या देखिएपछि बिहीबार...
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, फागुन १४ : मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाइएको छ।

शरीरको देब्रे भागमा समस्या देखिएपछि बिहीबार राति वीर अस्पताल लगिएका उनलाई अवस्था झन् बिग्रिन थालेपछि शुक्रबार नर्भिक अस्पताल पुर्याइएको हाे । आसियुको भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ।

न्युरो सर्जन डा. राजीव झा सम्मिलित चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको जनाइएको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार मस्तिष्कको मुख्य नसा फुटेर रगत जमेकाले उनको अवस्था गम्भीर बनेको हो । शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन पाइप राखिएको उनले बताए।

यस किसिमका बिरामीलाई बचाउन निकै गाह्रो हुने र बचाइहाले पनि शरीरले पहिलाको जसरी काम गर्ने सम्भावना भने अत्यन्त न्यून हुने चिकित्सकहरूको भनाइ छ।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्