Kathmandu Press

पुडुचेरीमा २० वर्षपछि राष्ट्रपति शासन

काठमाडौं, फागुन १४ : मुख्यमन्त्री नारायणसामीले राजिनामा दिएको ३ दिनेपछि पुडुचेरीमा राष्ट्रपति शासन लागू भएको छ।राज्यसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि नारायणसामीले...
पुडुचेरीमा २० वर्षपछि राष्ट्रपति शासन

काठमाडौं, फागुन १४ : मुख्यमन्त्री नारायणसामीले राजिनामा दिएको ३ दिनेपछि पुडुचेरीमा राष्ट्रपति शासन लागू भएको छ।राज्यसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि नारायणसामीले २२ फेब्रुअरीमा राजिनामा दिएका थिए । 

सदनमा विश्वासको मत गुमाएपछि मुख्यमन्त्री वी नारायणसामीले लेफ्टिनेन्ट गभर्नर तमिलीसाई सौन्दराराजनलाई राजीनामा बुझाएका थिए। उनले केन्द्र सरकार, एनआर कांग्रेस र एआईएडीएमकेले तीन मनोनीत सदस्यलाई भोटिङ गर्न दिएर आफ्नो सरकार ढालेको नारायणसामीलले आरोप लगाएका थिए।

Hardik ivf

पुडुचेरीमा २० वर्षपछि राष्ट्रपति शासन लागू भएको हो। अन्तिम पटक सन् १९९१ मार्च ४ देखि जुलाई ३ सम्म १२१ दिन राष्ट्रपति शासन लागू भएको थियो। 

अहिलेसम्म भारतका विभिन्न राज्यमा १३२ पटक राष्ट्रपति शासन लागू भइसेको छ। इन्दिरा गान्धी प्रधानमन्त्री भएकाबेला सर्वाधिक ५१ पटक राष्ट्रपति शासन लागेको थियो, नरेन्द्र मोदीको शालनकालमा १० पटक राष्ट्रपति शासन लागू भएको छ।

संविधान लागू भएपछि भारतमा पहिलो पटक पञ्जाबमा राष्ट्रपति शासन लागू भएको थियो। कांग्रेस आईमा फुट आएपछि पञ्जावमा सन् १९५१ जुन २० देखि सन् २०५२ अप्रिल १७सम्म राष्ट्रपति शासन लागू भएको थियो। त्योवेला जवाहरलाल नेहरु प्रधानमन्त्री थिए।

अहिलेसम्म मणिपुरमा सर्वाधिक राष्ट्रपति शासन लागू भएको छ। मणिपुरमा अहिलेसम्म १० पटक राष्ट्रपति शासन लागू भएको छ। यस्तै, उत्तर प्रदेशमा ९ तथा अन्य १३ राज्यमा ४ पटक राष्ट्रपति शासन लागू भएको छ। सबैभन्दा लामो समयसम्म राष्ट्रपति शासन लागू भएको राज्य जम्मु कश्मीर हो। कश्मिरमा साढे १२ वर्षदेखि राष्ट्रपति शासन लागू भएको छ।

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्