Kathmandu Press

नागरिक आन्दोलनले भत्कायो कमलपोखरीकाे कंक्रिट संरचना

काठमाडौं, फागुन १४ : सम्पदा संरक्षणको माग गर्दै बिहान माइतीघरमा प्रदर्शन गरेपछि कमलपोखरी पुगेका बृहत् नागरिक आन्दोलनका सहभागीहरूले कमलपोखरी निर्मित सिमेन्टको संरचना भत्काएका छन्।विकासका...
नागरिक आन्दोलनले भत्कायो कमलपोखरीकाे कंक्रिट संरचना

काठमाडौं, फागुन १४ : सम्पदा संरक्षणको माग गर्दै बिहान माइतीघरमा प्रदर्शन गरेपछि कमलपोखरी पुगेका बृहत् नागरिक आन्दोलनका सहभागीहरूले कमलपोखरी निर्मित सिमेन्टको संरचना भत्काएका छन्।

विकासका नाममा मौलिकता मास्न नपाइने भन्दै उनीहरू आन्दोलित भएका हुन् । काठमाडौं महानगरपालिकाले कमलपोखरीमा नक्कली कमल फुलेको संरचना बनाउन लागेपछि त्यसको विरोधमा नागरिकहरूले त्यही नै पुगेर विरोध प्रदर्शन गरेका हुन्।

त्यसक्रममा उनीहरुले  कमलपोखरी मास्न नपाइने भन्दै नाराबाजी गरेका थिए । नागरिक आन्दोलनका सहभागीहरूले माटोको पोखरी बनाएर पानीसमेत जम्मा गरेका छन् ।

विकासका नाममा मौलिकता मास्न कोही अग्रसर नहोऊन् भनेर सम्बन्धित निकायलाई सचेत गराउन माटाको टीका लगाएर पोखरी बनाई पानी राखेर प्रतीकात्मक रूपमा विरोध गरेको सहभागीहरूको भनाइ थियो।

बृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्