Kathmandu Press

काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

काठमाडौं, फागुन १४ : काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ। तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ। बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका  कुखुरा...
काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

काठमाडौं, फागुन १४ : काठमाडौंमा फेरि बर्डफ्लु भेटिएको छ। तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ। बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका  कुखुरा र अण्डा र दाना नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ।

तारकेश्वरको साङ्लास्थित छापका पाँच वटा व्यवसायिक फर्ममा बर्डफ्लु देखिएको विभागले जनाएको छ। विभागका अनुसार दुई हजार नौ सय ५५ वटा लेयर्स कुखुरा, तीन हजार पाँच सय ७० अण्डा र एक हजार चार सय ५० किलो दाना नष्ट गरिएको छ ।

तारकेश्वरमै गत माघमा बर्डफ्लु भेटिएको थियो । तर, त्यतिवेला हाँसमा मात्रै बर्डफ्लु भेटिएको थियो।

काठमाडौंसँगै सुखर्तेतमा पनि बर्डफ्लु भेटिएको छ। बर्डफ्लु कहाँबाट भित्रियो भन्नेबारेमा अनुसन्धान भइरहेको पशु सेवा विभागले जनाएको छ।

 

 

प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्