Kathmandu Press

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, फागुन १४: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान मस्तिष्कघात भएका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको...
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी । फाइल तस्बिर

काठमाडौं, फागुन १४: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान मस्तिष्कघात भएका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । मस्तिष्कमा रगत जमेको पाइएपछि थप उपचारका जोशीलाई शुक्रबार बिहानै नर्भिक लगिएको हो।

५७ वर्षीय जोशीको अपरेशनको तयारी भइरहेको बताइएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् भने सभापति शेरबहादुर देउवाले ट्वीटरमार्फत जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्