Kathmandu Press

अनुदान रकम लिन फर्जी किसानको भीड

काठमाडौं, फागुन १४: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन)ले पर्साका किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान दिइरहेको छ।...
अनुदान रकम लिन फर्जी किसानको भीड

काठमाडौं, फागुन १४: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन)ले पर्साका किसानहरुलाई तरकारी खेतीका लागि ५० प्रतिशत अनुदान दिइरहेको छ। तर, सो अनुदान रकम लिन नक्कली किसानको भीड लाग्न थालेको छ।

कार्यालयले पर्साको पोखरीया नगरपालिका वडा नं २, ३, ४ र ७, बहुदरमाई नगरपालिका वडा नं १, ५, ६, ७ र ९, कालिकामाई गाउँपालिका–१ र जगरनाथपुर गाउँपालिका–५ मा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत तरकारी खेती गर्ने किसानहरुलाई ५० प्रतिशत अनुदान रकम दिन थालेपछि उक्त गाउँका केही मानिस नक्कली किसान बनेर उक्त रकम हत्याउन फर्जी प्रस्ताव दिने गरेको कार्यालयले जनाएको छ ।

सरकारले दिएको अनुदान रकम हत्याउन कतिपय स्थानीयवासीले नक्कली किसान समूह गठन गरी फर्जी प्रस्ताव दिने गरेको कार्यालयका परियोजना प्रमुख रोशन अधिकारीले बताए । उनी भन्छन्, ‘अनुदान रकम पाउनका लागि प्रस्ताव पेश गर्ने किसान समूहको स्थलगत अनुगमन गर्ने, सेटेलाइटको माध्यमबाट खेती गर्ने क्षेत्र हेर्ने, चार किल्ला प्रमाणित गर्ने, जग्गाको नक्सा हेर्ने, तरकारी खेती गरेको छ छैन भन्ने यकिन गरेरमात्र रकम दिने गरिन्छ ।’

अनुदानको रकम लिन स्थानीवासीले नक्कली किसान समूह खडा गरी फर्जी प्रस्ताव दिने गरेकाले वास्तविक किसानलाई समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।

ती चार पालिकामा ७८ किसान समूह र ७५ निजी उद्यमीहरु रहेका छन् । समूहमा आबद्ध किसानलाई अनुदानको रकम दिनुभन्दा अगावै सो ठाउँको स्थलगत अनुगमन, जग्गाको लालपुर्जालगायतका आवश्यक कागजात भएमात्र उक्त अनुदानको रकम दिनुपर्ने कानूनी व्यवस्था छ ।

 

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्