Kathmandu Press

सर्वोच्चको फैसलाले अन्योलता हट्यो : पूर्वराष्ट्रपति डा.यादव

जनकपुर, फागुन १३ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अन्योलता हटेको बताएका छन्।महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा बिहीबार...
सर्वोच्चको फैसलाले अन्योलता हट्यो : पूर्वराष्ट्रपति डा.यादव

जनकपुर, फागुन १३ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अन्योलता हटेको बताएका छन्।

महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै डा.यादवले अदालतको निर्णय एकदमै राम्रो भएको बताए। प्रतिनिधिसभा विघटन हुँदा अन्योलता छाएको बताउँदै पूर्वराष्ट्रपति यादवले भने, ‘देशमा अब के हुने भन्ने अन्यौलता छाएको थियो। अन्यौलता अदालतले हटाएको छ। अदालतको सम्मान गर्दै नमन गर्न चाहन्छु।’

सर्वोच्चको फैसलाले सबैलाई खुशी बनाएको उनको भनाइ थियो। ‘लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशितामा विश्वास गर्नेहरु खुशी भएका छन्,’ डा.यादवले भने।

उनले न्यायालय र निर्वाचन आयोग सक्षम र निष्पक्ष नभएको देशमा लोकतान्त्रिक व्यवस्था नचल्ने बताए। उनले अमेरिकाको उदाहारण दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाही हुन खोजेपनि अदालत र निर्वाचन आयोगले बचाएको बताए।

अब पाँच वर्षसम्म कसैले पनि संसद् विघटन गर्न नसक्ने उनको भनाइ थियो। सर्वोच्चको फैसलाले यसलाई अझ मजबुद बनाएको उनले बताए।

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्