Kathmandu Press

अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप शुरु

काठमाडौं, फागुन १३ : अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ।अस्ट्रेलियामा फाईजर कम्पनीले बनाएको खोप पुगेसँगै खोप लगाउन शुरु गरिएको...
अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप शुरु

काठमाडौं, फागुन १३ : अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ।

अस्ट्रेलियामा फाईजर कम्पनीले बनाएको खोप पुगेसँगै खोप लगाउन शुरु गरिएको हो। अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा आयोजित एक समारोहमा २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको थियो।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी अनुसार नै प्रधानमन्त्री स्कट मरिसनले समेत कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

दक्षिण अस्ट्रेलियाको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ। यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी रहेको जनाएको छ।

 

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्