अहिले सत्ता समिकरणमा समर्थन वा विरोधको अवस्था आएको छैन : कांग्रेस
काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसले संसद पुनस्र्थापनापछि नयाँ सरकार बन्ने वा बनाउने समय नआएको जनाएको छ। विहिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा...
काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसले संसद पुनस्र्थापनापछि नयाँ सरकार बन्ने वा बनाउने समय नआएको जनाएको छ।
विहिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेकपाको आन्तरिक विवाद कसरी अघि बढ्छ सोही अनुसार पार्टीको रणनीति तय गर्ने धारणा बनाएको हो। ‘कसरी कम्युनिष्ट पार्टी अघि बढ्छ त्यस अनुसार कांग्रेसले आफ्नो भूमिका निर्धारण गर्छ’, बैठकपनि सहमहामन्त्री प्रकाशसरण महतले भने, ‘अहिले सरकार बनाउने वा बन्ने परिपक्क स्थिति बनेकै छैन् । नेकपा कसरी अघि बढ्छ, एक्लै रहन्छ वा अर्को परिस्थिति आउँछ सोही अनुसार पार्टीले रणनीति बनाउँछ ।’
कांग्रेसले सर्वोच्च अदालतको आदेश अनुसार संसद बैठक राख्न पनि सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











