Kathmandu Press

‘शमी साहित्य साधना सम्मान’ वैद्यलाई

काठमाडौं, फागुन १३ : यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्यलाई दिइने भएको छ।शमी साहित्य प्रतिष्ठानले २०६७ सालदेखि अग्रज र...
‘शमी साहित्य साधना सम्मान’ वैद्यलाई
मोहन वैद्य

काठमाडौं, फागुन १३ : यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्यलाई दिइने भएको छ।

शमी साहित्य प्रतिष्ठानले २०६७ सालदेखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिक रूपमा दिँदै आएको १ लाख १ हजार १ सय ११ राशिको सो सम्मान यस वर्ष कम्युनिस्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो।

वैद्यकाे पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने मार्क्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा. राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिसबमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्