Kathmandu Press

डा‍. गौरीशङ्करलाल दासलाई हेमबहादुर मल्ल सम्मान

डा‍. गौरीशङ्करलाल दासलाई हेमबहादुर मल्ल सम्मान
वरिष्ठ छातीरोग विशेषज्ञ डा‍. गौरीशङ्करलाल दास

काठमाडौं, फागुन १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ सालको हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा‍. गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा. दासलाई सम्मानपत्रसहित २ लाख राशिको उक्त पुरस्कार प्रदान गरेकी हुन्।

नेपाल जनप्रशासन संघसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेसनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको गरिमा बढाउनुका साथै सामाजिक सेवामा समर्पित रहेर सार्वजनिक सेवा प्रवाहमा गरेको योगदानको कदर गर्दै पूर्वमन्त्री तथा कानुन आयोगका अध्यक्ष माधव पौडेलको संयोजकत्वमा गठित समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

आँखा चिकित्सक डा. सन्दुक रुइत, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे, नवप्रवर्तनका अभियन्ता महावीर पुन, मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालगायत यो पुरस्कारबाट सम्मानित भइुसकेका छन् ।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्