अष्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप सुरु
काठमाडौं, फागुन १३ : अष्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ ।अष्ट्रेलियामा फाईजर कम्पनीले बनाएको खोप पुगेसँगै खोप लगाउने कार्यक्रम सुरु...
काठमाडौं, फागुन १३ : अष्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम औपचारिक रुपमा शुरु भएको छ ।
अष्ट्रेलियामा फाईजर कम्पनीले बनाएको खोप पुगेसँगै खोप लगाउने कार्यक्रम सुरु गरिएको हो । अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित समारोहमा २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको थियो ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी अनुसार नै प्रधानमन्त्री स्कट मरिसनले समेत कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
दक्षिण अस्ट्रेलियाको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी रहेको त्यहाँको सरकारले जनाएको छ ।
प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












