Kathmandu Press

सांसदहरूले पुस र माघको पनि तलबभत्ता पाउने

काठमाडौं, फागुन १३ : सांसदहरूले पुस र माघको पनि तलबभत्ता पाउने भएका छन् ।प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ प्रतिनिधिसभा विघटन...
सांसदहरूले पुस र माघको पनि तलबभत्ता पाउने

काठमाडौं, फागुन १३ : सांसदहरूले पुस र माघको पनि तलबभत्ता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ प्रतिनिधिसभा विघटन गरेयता शून्य समयको सबै तलबभत्ता सांसदहरूले एकमुष्ट रूपमा पाउने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछि संसद् पुनःस्थापना भएको थियो । संसद् विघटनदेखि पुनःस्थापनाबीचको शून्य अवधिमा सांसद कामविहीन भएका थिए । तर पनि हाल विद्यमान २ सय ६९ सांसदले फागुनको तलब लिँदा अघिल्ला दुई महिनाको पनि तलब भने पाउन लागेका हुन् ।

प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए पनि ६ स्थान खाली छ । सांसदले प्रतिमहिना तलबभत्ताका रूपमा ६५ हजारभन्दा बढी रकम बुझ्ने गरेका छन् । 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्