Kathmandu Press

इन्डोनेसियाको सुन खानीमा पहिरो : पाँच जनाको मृत्यु, ७० बेपत्ता

जाकार्ता, फागुन १३ :  इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने...
इन्डोनेसियाको सुन खानीमा पहिरो : पाँच जनाको मृत्यु, ७० बेपत्ता

जाकार्ता, फागुन १३ :  इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले बिहीबार जानकारी दिएको छ । 

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए । 

Hardik ivf

 पाँचवटा लाशहरु  भेट्टिएको  र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन् । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताएका छन् । 

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् । 
 

प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्