Kathmandu Press

एक करोड हिनामिना गरी फरार भएका तत्कालीन अधिकृत पक्राउ 

चितवन, फागुन १३ : राजश्व हिनामिना गरी फरार भएका चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाई पक्राउ परेका छन्।भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाईलाई...
एक करोड हिनामिना गरी फरार भएका तत्कालीन अधिकृत पक्राउ 

चितवन, फागुन १३ : राजश्व हिनामिना गरी फरार भएका चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाई पक्राउ परेका छन्।

भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाईलाई प्रहरीले बुधबार  कागेश्वरीबाट पक्राउ गरेको हो। २०७४|२०७५ सालको  एक करोड १७ लाख रुपैयाँ राजश्व हिनामिना गरी उनी फरार भएका थिए ।  

राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका डिआइजी सहकुल थापाले बताए । 


 

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्