Kathmandu Press

कोरोना महामारीबीच बिदेसिँदै युवा (फोटो फिचर)

अहिले नारायणहिटी दरबार संग्रहालय परिसरको राहदानी विभागमा नयाँ राहदानी युवाको जमघट बाक्लिएको छ । कोही अध्ययन त कोही वैदेशिक रोजगारीमा विदेश जाने सोचका साथ राहदानी बनाउन आइरहेका छन् ।
कोरोना महामारीबीच बिदेसिँदै युवा (फोटो फिचर)

काठमाडौं, फागुन १३ : कोभिड–१९ विरुद्धको खोप विश्वभर पुर्‍याउने प्रयास जारी छ । महामारीबाट बच्न करिब डेढ लाख नेपाली युवा वैदेशिक रोजगारी छाडेर स्वदेश फिरेका थिए । अहिले उनीहरू पुनः वैदेशिक रोजगारीमा फर्किने तयारीमा छन् ।

कोरोना प्रसार रोक्न जारी लकडाउनका कारण केही महिना सरकारले श्रम स्वीकृति पनि रोकेको थियो । लकडाउन खुकुलो बन्दै जाँदा श्रम स्वीकृति पनि खुकुलो बनाइँदैछ ।

गत साउनयता ३२ हजार नौ सय ३६ जनाले श्रम स्वीकृति लिएका छन् । साउनमा एक सय ४०, भदौमा एक सय ९८, असोजमा एक हजार पाँच सय ४२, कात्तिकमा एक हजार पाँच सय ८३, मंसिरमा चार हजार तीन सय ७७, पुसमा सात हजार दुई सय नौ र माघमा १७ हजार आठ सय ८७ युवाले श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ ।

अहिले नारायणहिटी दरबार संग्रहालय परिसरको राहदानी विभागमा नयाँ राहदानी युवाको जमघट बाक्लिएको छ । कोही अध्ययन त कोही वैदेशिक रोजगारीमा विदेश जाने सोचका साथ राहदानी बनाउन आइरहेका छन् ।

प्रकाशित मिति: १०:१५ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्