Kathmandu Press

इल्चेमाथी बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल 

काठमाडौं, फागुन १३ : स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथी सहज जित निकालको छ।बुधबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित...
इल्चेमाथी बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल 

काठमाडौं, फागुन १३ : स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथी सहज जित निकालको छ।

बुधबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो। घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे। यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो।

खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे। ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए। जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ। इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम छ।

प्रकाशित मिति: ०८:२७ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्