Kathmandu Press

तीन दिनको मौसम पुर्वानुमान, केहि स्थानमा बर्षाको सम्भावना 

काठमाडौं, फागुन १३ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकोले देशका केहि स्थानमा बर्षाको सम्भावना देखिएको छ ।प्रदेश नं १, बागमती प्रदेश...
तीन दिनको मौसम पुर्वानुमान, केहि स्थानमा बर्षाको सम्भावना 

काठमाडौं, फागुन १३ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकोले देशका केहि स्थानमा बर्षाको सम्भावना देखिएको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रकाशित मिति: ०७:३० बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्