Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक बस्दैं 

काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको...
कांग्रेस पदाधिकारी बैठक बस्दैं 

काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

सभापति देउवाले आज दिउँसो तीन बजे बोलाइएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेको र बुधबार साँझसम्म काठमाडौं आइपुग्ने भएकाले आजका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । यसअघि हिजो कांग्रेस सभापति देउवासँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति: ०७:०५ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्