Kathmandu Press

च्याम्पियन्स लिगमा रियल र सिटीको जित

काठमाडौं, फागुन १३ : युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन्। रियल मड्रिडले  एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो।  उसले...
च्याम्पियन्स लिगमा रियल र सिटीको जित

काठमाडौं, फागुन १३ : युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन्। रियल मड्रिडले  एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो।  उसले एटलान्टालाई १-० गोल अन्तरले हरायो। रियलको जितमा फेरल्याण्ड मेण्डीले गरेको खेलको ८६औ मिनेटको गोल नै निर्णायक गोल बनेको थियो।

यस खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो। अब दुवै बीच दोस्रो लिग मार्च १७ मा हुदै छ।

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाचलाई हराएको छ। सिटीले बोरुसियालाई २-० गोलले हराएको हो  सिटीलाई जिताउन बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। 

प्रकाशित मिति: ०६:५८ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्