Kathmandu Press

चार लाख २५ हजारले लगाए खोप, कुन प्रदेशमा कति?

काठमाडौंं, फागुन १२ : भारतले दिएको कोभिड–१९ विरुद्धको १० लाख खोपमध्ये पहिलो चरणमा चार लाख २५ हजारले लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
चार लाख २५ हजारले लगाए खोप, कुन प्रदेशमा कति?

काठमाडौंं, फागुन १२ : भारतले दिएको कोभिड–१९ विरुद्धको १० लाख खोपमध्ये पहिलो चरणमा चार लाख २५ हजारले लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकतामा परेका गरि चार लाख २५ हजार २१७ जनाले खोप लगाएका हुन्। दोस्रो प्राथमिकतामा परेका मात्रै सातै प्रदेशमा दुई लाख ४० हजार ३६० जनाले खोप लिएका छन्।

पहिलो चरणको पहिलो प्राथमिकतामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका थिए। जसमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बनी प्रदेशमा २८ हजार ९८१, कर्णाली प्रदेशमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएको सरकारी तथ्यांक छ।

Hardik ivf

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कारागारका कर्मचारी, कैदी र एम्बुलेन्स तथा शववाहन चालकलाई खोपको प्राथमिकतामा राखेको थियो। भारतले दिएको १० लाख खोप उनीहरुकै लागि ठिक्क हुने स्वास्थ्य मन्त्रालयको आकलन थियो।

दोसो प्राथमिकतामा सबैभन्दा बढी बाग्मती प्रदेशमा ८० हजार ९०४ जनाले र सबैभन्दा कर्णाली प्रदेशमा कम २२ हजार ६८९ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पहिलो चरणको दोसो प्राथमिकतामा परेका निर्वाचित जनप्रतिनिधि, सरकारी सेवामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, बैंकर, निजी संस्थामा कार्यरत कर्मचारी, अदालतमा कार्यरत कर्मचारी, पत्रकार र अन्य गरी दुई लाख ४० हजार ३६० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कतिले लगाए खोप?

प्रदेश १ मा सबै क्षेत्रका कर्मचारी गरी ४३ हजार १२२ जनालाई खोप लगाउने सरकारी लक्ष्य रहेकोमा पहिलो प्राथमिकतामा छुटेका दुई हजार ३१९ जना, निर्वाचित जनप्रतिनिधि चार हजार ८६० जना, सरकारी कर्मचारी पाँच हजार ५८५ जनाले खोाप लगाएका छन्। नेपाल प्रहरी तीन हजार ७७४ जना, सशस्त्र प्रहरी दुई हजार ७४० जना, बैंकर तीन हजार ८५१ जना, निजी कम्पनीका कर्मचारी एक हजार ७१५ जना, अदालतका कर्मचारी तीन सय ४७ जना, पत्रकार तीन सय ६० र अन्य एक सय ८० जनाले खोप लगाईसकेका छन्।

प्रदेश २ मा लक्षित ३९ हजार ८९८ जना रहेकोमा पहिलो प्राथमिकतामा दुई हजार ५०७ जना, निर्वाचित जनप्रतिनिधि ६ हजार ४०७ जना, सरकारी कर्मचारी चार हजार ५४६ जनाले खोप लगाएका छन्। त्यस्तै, नेपाल प्रहरी तीन हजार ५०६ जना, सशस्त्र प्रहरी तीन हजार ९६३ जना, बैंकर चार हजार ३९ जना, निजी कम्पनीका कर्मचारी दुई हजार ३६० जना, अदालतका कर्मचारी आठ सय ३१ जना र पत्रकार चार सय ४८ जनाले खोप लगाइसकेका छन्।

बाग्मती प्रदेशमा ८० हजार ९०४ जनालाई खोप लगाउने लक्ष्य भएकोमा पहिलो प्राथमिकतामा छुटेका १० हजार १५१ जना, निर्वाचित जनप्रतिनिधि पाँच हजार २७२ जना र सरकारी कार्मचारी ११ हजार २२९ जनाले खोप लगाएका छन्। यस्तै, नेपाल प्रहरी सात हजार दुई सय जना, सशस्त्र प्रहरी ६ हजार ८२४ जना, बैंकर २१ हजार ८१० जना, निजी कम्पनीका कर्मचारी दुई हजार ८१५ जना र अदालतका कर्मचारीनौ सय ३९ जनाले खोप लगाएका छन्।

यस्तै गण्डकी प्रदेशमा लक्षित २९ हजार ५१५ रहेकोमा पहिलो प्राथमिकतामा छुटेका दुई हजार ४५ जना, निर्वाचित जनप्रतिनिधि पाँच हजार ४६ जना, सरकारी कार्मचारी पाँच हजार ३३० जना, नेपाल प्रहरी चार हजार ४१५ जना, सशस्त्र प्रहरी एक हजार ५१९ जनाले खोप लगाएका छन्। त्यस्तै, बैंकर आठ हजार ८७ जना, निजी कम्पनीका कर्मचारी दुई हजार ६९९ जना अदालतका कर्मचारी चार सय ९० जना, पत्रकार ६ सय ३४ जना र अन्य एक सय ७३ जनाले खोप लगाएका छन्।

प्रदेश ५ मा पहिलो प्राथमिकतामा छुटेका चार हजार ३१८ जना, निर्वाचित जनप्रतिनिधि तीन हजार १६ जना, सरकारी कार्मचारी १३ हजार १४८ जना, नेपाल प्रहरी ६ हजार ६२९ जना, सशस्त्र प्रहरी तीन हजार ३८१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै, बैंकर सात हजार ४६५ जना, निजी कम्पनीका कर्मचारी दुई हजार ५८५ जना, अदालतका कर्मचारी सात सय १७ जना र पत्रकार एक हजार २५१ जनाले खोप लगाईसकेका छन्।

कर्णाली प्रदेशमा २२ हजार ६८९ जनालाई लगाउने लक्ष्य रहेकोमा पहिलो प्राथमिकतामा छुटेका एक हजार ४४४ जना, निर्वाचित जनप्रतिनिधि तीन हजार ६७० जना, सरकारी कार्मचारी चार हजार ११५ जना, नेपाल प्रहरी दुई हजार ६९३ जना, सशस्त्र प्रहरी सात सय ९३ जना, बैंकर दुई हजार ७४ जना, निजी कम्पनीका कर्मचारी ६ सय १७ जना, अदालतका कर्मचारी दुई सय १० जना, पत्रकार तीन सय ३६ जना, नेपाली सेना एक हजार ५१७ जना र अन्य २३ जनाले खोप लगाएका छन्।

यसैगरि, सुदूरपश्चिम प्रदेशमा १५ हजार ७० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो प्राथमिकतामा छुटेका दुई हजार ४१२ जना, निर्वाचित जनप्रतिनिधि पाँच हजार ४२४ जना, सरकारी कार्मचारी चार हजार ३१३ जना, नेपाल प्रहरी चार हजार ६ जना, सशस्त्र प्रहरी दुई हजार ९२९ जना, बैंकर दुई हजार ४५१ जना, निजी कम्पनीका कर्मचारी एक हजार ७८ जना, अदालतका कर्मचारी दुई सय ११ जना र पत्रकार पाँच सय ८१ जनाले खोप लगाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले केही दिन अघि मात्रै भारतबाट थप १० लाख खोप ल्याएको छ। अझै केही दिनभित्रै थप १० लाख खोप आउने जनाएको छ।

 

प्रकाशित मिति: २०:२८ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्