Kathmandu Press

अक्षर पटेल चम्किएपछि इंग्ल्यान्ड ११२ रनमै अलआउट

काठमाडौं, फागुन १२ : अफ स्पिनर अक्षर पटेल चम्किएपछि पहिलो डे–नाइट टेस्टको पहिलो इनिङमा भ्रमणकारी टिम ११२ रनमै अलआउट भएको छ। विश्वकै सबैभन्दा...
अक्षर पटेल चम्किएपछि इंग्ल्यान्ड ११२ रनमै अलआउट

काठमाडौं, फागुन १२ : अफ स्पिनर अक्षर पटेल चम्किएपछि पहिलो डे–नाइट टेस्टको पहिलो इनिङमा भ्रमणकारी टिम ११२ रनमै अलआउट भएको छ। विश्वकै सबैभन्दा ठूलो अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा घातक बलिङ गरेका अक्षरले २१.४ ओभरमा ३८ रन खर्चेर ६ विकट लिए।

यो स्टेडियमको आजै उद्घाटन भएको हो। यसअघि भारतका पहिलो उपप्रधानमन्त्री सरदार बल्लभ भाइ पटेलका नामले सरदार पटेल स्टेडियम नाम थियो। यसलाई विस्तार गरेपछि प्रधानमन्त्री मोदीको नामले परिवर्तन गरिएको हो।

Hardik ivf

टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड ४८.४ ओभरमा ११२ रनमै अलआउट भयो। उसका लागि ज्याक कार्लीले सर्वाधिक ५३ रन बनाए भने कप्तान जो रुटले १७, वेन फोकेस १२ र जोफ्रा आर्चरले ११ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेन्।

भारतका लागि लक्षरसँगै रविचन्द्रन आश्विनले ३ विकेट लिँदा इशान्त शर्माले १ विकेट लिए।

इशान्तको रेकर्ड

भारतीय भेट्रान फास्ट बलर इशान्त शर्माले अहमदावाद टेस्ट खेलेसँगै नयाँ रेकर्ड बनाएका छन्। उनी भारतका एक सयौं टेस्ट खेल्ने चौथो खेलाडी बनेका छन्।

इशान्त भन्दाअघि अनिल कुम्बले (१३२), कपिल देव (१३१) र हरभजन सिंह (१०३) छन्। इशान्त इंग्ल्यान्डविरुद्धको यही सिरिजमा ३ सय टेस्ट विकेटको कोशेढुंगा पार गरेका थिए।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्