Kathmandu Press

सर्वोच्चले अन्तरिम आदेश नदिँदा चुनाव होला भन्ने थियो : देउवा

काठमाडौं, फागुन १२ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले मुलुकमा चुनावमा जाने आफूलाई लागेको बताएका...
सर्वोच्चले अन्तरिम आदेश नदिँदा चुनाव होला भन्ने थियो : देउवा

काठमाडौं, फागुन १२ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले मुलुक चुनावमा जाने आफूलाई लागेको बताएका छन्।

स्वर्गीय महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने थियो। स्टे अर्डर दिएन, त्यसैले चुनाव हुन्छ भन्ने लागेको थियो।’

सोही कारण संसद् पुनःस्थापना र निर्वाचन जे हुँदा पनि कांग्रेसलाई मान्य हुने लाइन लिइएको उनले बताए। ‘संसद् पुनःस्थापनाको फैसलाले प्रजातन्त्रको जित भएको छ,’ देउवाले भने, ‘माधव नेपाल–प्रचण्डजीहरू कसरी जान्छन्, नेकपा के हुन्छ भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्योल छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न उनले आग्रह गरे। ‘ओलीजीले संसदमा बहुमत पु¥याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ,’ देउवाले भने, ‘तर, यसो गर भनेर हामीले भन्ने होइन।’

 

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्