Kathmandu Press

अफ्रिकी मुलुक गिनीमा इबोला विरुद्धको खोप अभियान सुरु

अफ्रिकी मुलुक गिनीमा इबोला विरुद्धको खोप अभियान सुरु

काठमाडौं, फागुन १२ : अफ्रिकी मुलुक गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो ।

गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको सरकारी अधिकारीले बताएका छन् । गत फेब्ररी १४ देखि सुरु गरिएको खोप अभियान पहिलो पटक इबोला देखिएको क्षेत्रमा सुरु गरिएकाे छ ।

Hardik ivf

स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान सुरु गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै संगठनले जोखिममा रहेका नागरिक र अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने जनाएको छ ।

इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो। अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् । (एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्