Kathmandu Press

अदालतको फैसला मान्ने ओली समूहको निर्णय 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ ।बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको...
अदालतको फैसला मान्ने ओली समूहको निर्णय 

काठमाडौं, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवलीका अनुसार तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको हो । 

फैसला कति उपयुक्त थियो थिएन् भन्ने विषयमा फरक दृष्टिकोणहरु रहेको उनले बताए । 'मुख्य चिन्ताको विषय मुलुकमा फेरी एकचोटी असैद्धान्तिक संमीकरणहरु, नीतिहिन  गठबन्धनहरु जोडघटाउतिर गएर मुलुक थप विकृतीतिर जान्छ की भन्ने चिन्ता छ,'  उनले भने,  'अदालतको फैसलालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो, किनभने हामी विधीको शासनमा विश्वास गर्छौ ।'

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।


 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्