Kathmandu Press

नेदरल्याण्डमा कोरोनाका कारण मार्च १५ सम्म कर्फ्यु लगाइने

नेदरल्याण्ड, फागुन १२ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोरोनाका कारण यहाँ लगाइएको...
नेदरल्याण्डमा कोरोनाका कारण मार्च १५ सम्म कर्फ्यु लगाइने

नेदरल्याण्ड, फागुन १२ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोरोनाका कारण यहाँ लगाइएको कर्फ्युको समय पनि बढाइएको जनाएका छन् । डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कर्फ्यु लगाएकाे बताए ।

प्रधानमन्त्री रुटले भने– हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । मङ्गलबार पत्रकार सम्मेलनका क्रममा उनले सो कुराको जानकारी दिएका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ– उनले भने । 

Hardik ivf

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिए। तर यहाँको सरकारले यहाँ लगाइ आएको कर्फ्युको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यु घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ । 

नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: १४:१० बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्