प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, फागुन १२ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक पेरिसडाँडामा बस्ने भएको छ । २ बजे बस्ने बैठकमा राजधानीमा उपलब्ध स्थायी कमिटी...
काठमाडौं, फागुन १२ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक पेरिसडाँडामा बस्ने भएको छ । २ बजे बस्ने बैठकमा राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरु उपस्थित हुनेछन् ।
संसदीय दलको बैठक बस्नुअघि प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको हो । संसदीय दलको बैठक अपरान्ह चार बजेका लागि बोलाइएको छ ।
संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं फर्किएका छन् ।
प्रकाशित मिति: १३:४९ बजे, बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











